नेपाल नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा १२ मा नोटरी पब्लिक हुनका लागि देहायको योग्यता तोकीएको छ । यो योग्यता प्राप्त व्यक्तिले पनि ऐन, नियमले तोकेको प्रकृया पूरा गरेपछि मात्र नोटरी पब्लिकको प्रमाणपत्र प्राप्त गर्न सक्छन् ।
-क) सात वर्षअटुट रूपमा कानून व्यवसाय गरेको कानून व्यवसायी, वा
-ख) नेपाल न्याय सेवाको कम्तीमा राजपत्रांकित द्वितीय श्रेणीको पदमा रही सेवाबाट अलग भएको व्यक्ति ।
नोटरी पब्लिकको अयोग्यताः
नेपाल नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को दफा १३ मा नोटरी पब्लिकको अयोग्यता तोकीएको छ । संक्षिप्त रुपमा ती अयोग्यताहरु यसप्रकार छन्ः
-क) अनुवादक नोटरी पब्ल्िकको लागि दफा ११ बमोजिमको परीक्षा उत्तर्ीण्ा नगरेको,
-ख) दफा १२ बमोजिमको योग्यता नभएको,
-ग) ज्यान, चोरी, डाँका, कीर्ते, जालसाजी, भ्रष्टाचार, जबरजस्ती करणी, लागू पदार्थको ओसार-पसार तथा सेवन, जीउ मास्ने बेच्ने वा यस्तै प्रकृतिका अन्य संगीन अपराध गरे वापत अदालतबाट कसूरदार ठहरी सजायँ पाएको,
-घ) असल चालचलन नभएको,
-ङ) गैर नेपाली नागरिक,
-च) साहूको दामासाहीमा परेको, र
-छ) मानसिक सन्तुलन ठीक नभएको ।