नेपाल नोटरी पब्लिक परिषद्
नेपाल नोटरी पब्लिक परिषद् सेवा सहायक द्धितिय खरिदार पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम
भाग– १ लिखित परीक्षा पूर्णाङ्कः–२००
पत्र | विषय | पूर्णाङ्क | परीक्षा प्रणली | प्र्रश्न संख्या | अंक भार | सयय |
प्रथम | सामान्या ज्ञान र सामाजिक अध्ययन | १०० | वस्तुगत बहुउत्तर
छोटो छोटो उत्तर लामो उत्तर |
२५
८ १ |
५०
४० १० |
१ घण्टा |
द्धितीय | सेवा सम्बन्धी | १०० | वस्तुगत बहुउत्तर
छोटो छोटो उत्तर लामो उत्तर |
२५
८ १ |
५०
४० १० |
१ घण्टा |
भाग–२ अन्तर्वार्ता पूर्णाङ्कः–३०
द्रष्टव्यः
१. प्रथम पत्र सामान्य ज्ञान र सामाजिक अध्ययन विषयको परीक्षा सबै सेवा समूहलाई संयुक्त वा भिन्ना भिन्नै पनि हुन सक्नेछ । द्वितीय पत्र सेवा सम्बन्धी विषयको परीक्षा सेवा अनुरुप भिन्ना भिन्नै हुनेछ ।
२. लिखित परीक्षाको माध्यम नेपाली वा अंग्रेजी दुवै भाषा हुनेछ ।
३. लिखित परीक्षाको प्रत्येक पत्रमा उत्तीर्णाङ्क ४० प्रतिशत मानिने छ ।
४. वस्तुगत बहुउत्तर प्रश्न गल्ती गरेको प्रश्नोत्तरको लागि २० प्रतिशत अंक कट्टा गरिनेछ ।
५. पाठ्यक्रममा भएका यथासम्भव सबै पाठ्यांशहरुबाट प्रश्न सोधिनेछ ।
६. यस पाठ्यक्रममा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका ऐन, नियमहरु परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाईएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्क्रममा परेको सम्झनु पर्दछ ।
७. भाग १ को लिखित परीक्षाबाट छनौट भएका उम्म्दवारहरु मात्र भाग २ को अन्तर्वार्तामा सम्मिलित हुन पाउनेछन्।
नेपाल नोटरी पब्लिक परिषद्
नेपाल नोटरी पब्लिक परिषद् सेवा सहायक द्धितिय खरिदार पदको आन्तरिक प्रतियोगितात्माक लिखित परीक्षाको पाठ्यक्रम
प्रथमपत्र – सामान्यज्ञान तथा सामाजिक अध्ययन पूर्णांकः १०० उतिर्णांक ४०
१. सामान्यज्ञान
१.१. नेपालको भौगोलिक अवस्थिति, विभाजन,
१.२ नेपालको प्राकृतिक स्रोत साधनहरु
१.३ नेपालको जनसंख्या सम्बन्धी सामान्य जानकारी
१.४ नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था सम्बन्धी सामान्य जानकारी
१.५ नेपालको संविधान तथा संबैधानिक विकासक्रमको सामान्य जानकारी
१.६ दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्बन्धी सामान्य जानकारी ।
२. सामाजिक अध्ययन
२.१. नेपालको प्राकृतिक तथा राजनैतिक विभाजन र प्रत्येक भागका विशेषताहरु,
२.२. नेपालको इतिहास पृथ्वीनारायण शाहदेखि हालसम्म,
२.३. संसदीय व्यवस्थाको महत्व र विशेषताहरु,
२.४. नेपालको चालू पञ्चवर्षीय योजनाको सामान्य जानकारी,
२.५. नेपालको सरकारी बजेट प्रणाली ।
२.६. वातावरण प्रदूषण, शहरीकरण र जनसंख्या बृद्धिः कारण र निवारण ।
नेपाल नोटरी पब्लिक परिषद्
नेपाल नोटरी पब्लिक परिषद् सेवा सहायक द्धितिय खरिदार पदको आन्तरिक प्रतियोगितात्माक लिखित परीक्षाको पाठ्यक्रम
द्वितीयपत्र सेवा सम्बन्धी पूर्णांकः १०० उतिर्णांक ४०
१. नेपालको संविधानको सामान्य जानकारी ।
२. मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को परिच्छेद ४ लिखत तयार गर्ने कार्यविधि सम्बन्धी
३. कार्यालय कार्यविधि
१.१ दर्ता, चलानी, फाइलिंग, पत्रव्यवहार, टिप्पणी
१.२ अभिलेख व्यवस्थापनको परिचय र महत्व
१.३ जनसम्पर्क
४. बैंक–नगदी किताब, बजेट सीट, गोश्वारा भौचर सम्बन्धी सामान्य जानकारी
५. जिन्सी स्रेस्ता व्यवस्थापन सम्बन्धी सामान्य जानकारी (माग फाराम, खरिद आदेश, दाखिला रिपोर्ट, खर्च नहुने खाता, खर्च हुने खाता)
६. नेपाल कानून व्यवसायी परिषद्को काम कर्तव्य र अधिकार
७ नोटरी पब्लिकको काम, कर्तव्य र अधिकार
८. भ्रष्टाचार निवारण ऐन, २०५९
९ नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३
१०. नोटरी पब्लिक परिषद्का कर्मचारीहरुको नियुक्ति तथा सेवाको शर्त सम्बन्धी नियमावली २०७० (नियूक्ति, आचरण, विदा तथा सजाय सम्बन्धी जानकारी )
११ नोटरी पब्लिकको आचार संहिता, .